केकिको ठेकीमा दहि लाइ १० लाख


सेलिब्रेटी नेपाल काठमाडौँ

गत डिसेम्बर १ मा युट्युब मार्फत सार्वजनिक भएको ‘ठेकीमा दहि’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । चलचित्र ‘हुर्रे’ मा समावेश यस गीतलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको छ । कमेडी शैलीको डान्सीङ नम्बर भएकै कारण गीतलाई रुचाइएको निर्माण पक्षको अनुमान रहेको छ । गीतमा चलचित्रका तीन मुख्य पात्र केकी अधिकारी , राजाराम पौडेल र अंकित खड्का फिचरीङ छन् । गीतमा केकीले राजाराम र अंकितसंग कम्मर मर्कायकी छिन । बौद्धमा रहेको स्तुपा वरपर खिचिएको गीतलाई बिक्रम स्वारले निर्देशन गरेका हुन् ।

चलचित्रको सार्वजनिक ‘ठेकीमा दहि’ बोलको गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको चलचित्रलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम रहेको छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका हुन् ।