कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ



एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’ को छायांकन एक महिना पछि सारिएको थियो । अब भने अमिताभले यो शोको छायांकन सुरु गरेका छन् ।

अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर सार्वजनिक गरेका छन् । जहाँ, अमिताभ सुरक्षित तरिकाले कार्यक्रम संचालन गरिरहेका छन् । सोनी टेलिभिजनको यो चर्चित रियालिटी शोमा ५ करोड रुपैयाँसम्मको पुरस्कार राखेर हाजिरीजवाफ खेलाइन्छ ।