अमिताभ बच्चनकी ग्रेजुएसन सकेकी नातिनीले सुरु गरिन् व्यवसाय


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड स्टार अमिताभ बच्चनकी नातिनी नव्या नबेली नन्दा हालै ग्रेजुएट भएकी छिन् । ग्रेजुएट हुनेबित्तिकै नव्याले बिजनेस सुरु गरिन । नव्याले महिला स्वास्थसँग सम्बन्धित स्टार्ट अप सुरु गरेकी छिन् । उनले आफ्नो व्यवसायबारे सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् । नव्याको यो सुरुवातका लागि उनले धेरै बधाई र शुभकामनाहरु बटुलेकी छिन् ।

नव्याको यो स्टार्टअपको नाम हो आरा ह्याल्थ । उनले इन्स्टाग्राममार्फत् यसबारे जानकारी साझा गरेकी छिन् । नव्याले यो स्टार्टअप आहिल्या मेहता, मल्लिका साहनी र प्रज्ञा साबूसँग मिलेर सुरु गरेकी हुन् ।

उक्त व्यवसायको बारेमा सुरु गर्दै नव्या र सहकर्मीहरुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी युवा र आत्मनिर्भर महिलाहरु हौं, जो एउटा सामान्य समस्याको समाधान खोज्नका लागि एकजूट भएका छौं । जसमाथि आजसम्म कसैको ध्यान गएन । हाम्रो भिन्न भिन्न पृष्ठभूमि र अनुभवले हामीलाई अन्य महिलाहरुलाई सशक्त बनाउन र मद्दत गर्नका लागि प्रेरित गरेको छ ।’

नव्याको यो नयाँ सुरुवतलाई उनका मामा अभिषेक बच्चन, आमा श्वेता बच्चन र कथित प्रेमी मिजान जाफरीले बधाई दिएका छन् । नव्याले हालै न्यूयोर्कको कलेजबाट ग्रेजुएसन सम्पन्न गरेकी हुन् । नव्या आमा श्वेता र बुवा उद्योगपति निखिल नन्दाकी छोरी हुन् । उनी अहिले २३ वर्षकी छिन् ।