गायिका अनिताको समुहले गर्यो बर्दियाको बिद्यालयलाई स्वास्थ्य सामाग्री वितरण



सेलिब्रेटी नेपाल । कोरोना भाईरस रोकथामका लागी बर्दियाको जनता माध्यामिक बिद्यालय गोलाका पूर्व विद्यार्थीले रु,७५००० बराबरको स्वास्थ्य सामाग्री हस्तानतरण गरेका छन । कोरोना भाईरस (COVID-19) रोकथाम र नियन्त्रणका लागी भन्दै जनता मा.बि गेरुवा-४ गोला मा एसएलसी ६४ सालको ब्याचका विद्यार्थीहरुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

गेरुवा -४ को वडा ,कार्यालयमा भएको कार्यक्रममा जनता मा.बि गोलाका प्रध्यानाध्यापक सुन्दर चौधरी र पुर्ब प्रध्यानाध्यापक दिल बहादुर जि सीले पूर्व विद्यार्थीहरुले पठाएका स्वास्थ्य सामाग्री वडा अध्यक्ष बल बहादुर चलाउनेलाई हस्तानतरण गरेका थिए । उक्त सामाग्री वडा अधक्क्ष बहादुर चलाउनेले पुन स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् ।

जनता मा. वि. गोला बर्दिया जिल्लामा अवस्थित पुराना बिद्यालय मध्य एक हो। जस संग गोलाबासीको अत्यन्त मिठो सम्बन्ध र सम्झना अटुट छ । नदिका कारणले बिषम बनाइ दिएको त्याहाको भौगोलिक कठिनाइका बावजुद बिध्यालयलाई हालको अवस्थासम्म ल्याइ पुर्याउने सम्पुर्ण शिक्षक अविभावक र सामाजिक अगुवाहरुको ठुलो भूमिका रहेको छ ।

गायिका बर्दियाकी चेली अनिता चलाउने र बिमल बुढा छेत्रीको नेतृत्वमा अनिता चलाउने ,बिमल बुढा छेत्री ,सुरेश न्यौपाने ,हेमन्त कडायत , हिक्मत माझी ,कमला ढकाल ,प्रीती रस्तोगी ,बिबेक कडायत ,जयन्द्र अधिकारी , चेतना आचार्य दीपेन्द्र दानी ,सोम चौधरीको प्रायसमा उक्त सामाग्री हस्तानतरण गरिएको हो।