प्रतिभा भएकी र सफल नायिका बन्ने सम्भावना बोकेकी अनु


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली सिने नगरीमा भबिस्य बनाउन चाहने युवा युवती हरुको संख्या दिन प्रति दिन बढी रहेको छ । चलचित्र क्षेत्रमा लागेर नाम र दाम कमाउन चाहने हरु थुप्रै छन् । ति मध्ये सबैले सफलता पाउन सक्दैन जसले मेहनतका साथ निरन्तर लागि पर्छ उ नै सफल बन्छ । काभ्रे जिल्ला रबि ओपीमा जन्मेकी अनु पराजुली उनले सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकिन र ३ वटा चलचित्रमा पनि आफ्नो अभिनय क्षमता प्रस्तुत गरि सकेकी छिन् । उनि अभिनित चलचित्र कम्पन सार्बजनिक प्रदर्शनमा आइ सकेको छ भने काउसोको छायांकन सकेर प्राबिधिक कार्यमा रहेको छ र अर्को चलचित्र काले दाइको यति बेला छायांकन भई रहेको छ । उनि हाल सुटिंगमा व्यस्त रहेकी छिन् । एउटा प्रतिभा बोकेकी र भबिस्यमा सफल नायिका बन्ने सम्भावना भएकी नायिका हुन् अनु पराजुली राम्रो कथा र आफुलाई सुहाउने भूमिकामा अभिनय गर्न चाहने अनुमा राम्रो अभिनय तथा नृत्य गर्न सक्ने खुबी रहेको छ । आफ्नो दिदीको प्रेरणाले अघि बढेको बताउने अनु निरन्तर आफु लाइ यहि क्षेत्रमा नै समर्पित गर्ने बताउ छिन ।