सुरजको ठुम्कामा रन्जु र म्याण्डीको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय चलचित्र पत्रकारहरुले निर्देशनमा हात हाली रहेका छन् केहि चलचित्र पत्रकार हरुले चलचित्र निर्देशन गरि सकेका छन् भने केहिले म्युजिक भिडियोको निर्देशन गरि रहेका छन् लामो समय देखि चलचित्र पत्रकारिता गरि रहेका कुमार आचार्यले अब निर्देशन तर्फ पनि हात हालेका छन् । कुमारले हालै अर्का रंग पत्रकार एवं गायक सुरज पौडेलको स्वरमा रहेको ठुम्काले बोलको भिडियो निर्देशन गरेका छन् । भिडियो यु ट्युब मार्फत सार्बजनिक गरिएको छ ।

चितवन र नवलपरासी आसपासमा छायांकन गरिएका गीतको भिडियोमा केहि चलचित्रमा अभिनय गरेकी रञ्जु शर्मा र म्याण्डी बाबुको अभिनय रहेको छ । गायक सुरजको डान्सिङ् गीतको भिडियोका कोरियोग्राफर जगत रामचन्द्र रेग्मीको छ । भिडियोलाइ रवि कोईरालाले छायांकन गरेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.