निखिलको दोस्रो निर्देशन कमिटमेन्टमा बलिउड कलाकारको पनि सहभागिता


सेलिब्रेटी नेपाल काठमाडौँ
दुई बर्ष पहिले प्रदर्शनमा आएको चलचित्र अभिनेताको परिचयलाई फराकिलो बनाउँदै निर्देशनमा डेब्यू गरेका अभिनेता निखिल उप्रेती पुनः निर्देशनमा लागेका छन् । आफ्नै निर्माण अनि निर्देशन रहनेगरी शनिबार आयोजित एक कार्यक्रमका बीच निखिलले नयाँ चलचित्र ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ घोषणा गरे ।

निखिल उप्रेती प्रोडक्सनको व्यानर अनि प्रामा ईन्स्टुमेन्टको सहकार्यमा चलचित्र निर्माण हुनेछ । चलचित्रमा निखिल नै मुख्य अभिनेतामा हुनेछन् भने वलिउडमा केहि चर्चित अनुहारहरु पनि मुख्य भूमिकामा रहनेछन् । वलिउडका चर्चित फिल्म वेलकम ब्याक, हाउसफूल २, बम्बे टू गोवाु, सावनु लगायतका सय बढि फिल्ममा काम गरिसकेका रञ्जित, अमिताभ बच्चनसँग वाजिरुमा देखिएका सायजी शिंदे, राउडी राठौडु, लाल सलामु, सरकारु लगायतका फिल्ममा काम गरेका अनन्त जोग यो चलचित्रमा मुख्य अभिनयमा रहनेछन् भने नेपाली अभिनेता विजय लामाको साथमा भारतिय कलाकार अली जाफर ९टिपु सुल्तान० र नेन्सी पनि मुख्य पात्र हुन् ।

अधिकांश छायांकन मुम्बईमा हुने भनिएको फिल्मलाई उत्तर प्रदेश, मध्य प्रदेश, काठमाडौं, नेपाल भारत सिमाना, थाईल्याण्ड, सिंगापुर र अमेरिकामा पनि खिचिनेछ । मुम्बईमा अतपत्र परेकी एक युवतीको उद्धार गर्दै गाडीकै माध्यमबाट भारतिय नाका कटाएर नेपाल फर्काउने कथा नै फिल्मको मुख्य विषयवस्तु रहने निखिलले बताए । उक्त अवस्थामा आइपर्ने आरोह अवरोहका वरीपरी फिल्म घुम्नेछ । तर लिड अभिनेत्री भने फाइनल भईसकेकी छैनन् । उल्लेखित भुमिका सुहाउँदो अभिनेत्रीको खोजी भइरहेको निर्माण टिमले बताएको छ ।

७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा फिल्ममा प्रयोग हुने निखिलले बताए ।
सौरभ लामाले खिच्ने चलचित्रमा डा.कृष्णहरी बरालले लेखेका शब्दहरु समावेश गीतमा संगीत एड्रिन प्रधानको रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.