अर्जुनको फाटेको जुत्तामा सौगात र प्रियंका



सेलिब्रेटी नेपाल काठमाडौँ
द युग देखि युग सम्म,चपली हाइट,फिटकिरी जस्ता चलचित्रको निर्माण गरि सकेका निर्माता अर्जुन कुमारको निर्माणमा बन्ने चलचित्र ‘फाटेको जुत्ता’को शुभ साइत सम्पन्न भएको छ। शुभ साइत संगै चलचित्रको छायांकन पनि सुरु भएको छ । चलचित्र कार्तिक १७ बाट सार्बजनिक प्रदर्शनमा आउने पनि बताईएको छ।

निकेश खड्काको निर्देशनमा चलचित्रकोे ‘फाटेको जुत्ता’ बन्न लागेको हो । निकेशले यसअघि चलचित्र ‘जिन्दगी रक्स’ निर्देशन गरेका थिए । यो चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झाँ, सन्दिप क्षेत्री, वुद्धि तामाङ, रमेश रन्जन झा, आमिर गौतम लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा, शंकर थापाको संगीत रहनेछ । चलचित्र पूर्ण कमेडी बिषयमा बन्ने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.