मोहमदको काली काली सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक मोहम्मद वारिस खाँले आफ्नो एल्बम आगो र फूलमा समाविष्ट गीतहरु सार्वजनिक गर्ने क्रममा काली काली बान्की परेकी बोलको भिडियो सार्बजनिक गरेका । करीब एक महिना अघि खाँ को एल्बम एक समारोहका बिच बिमोचन गरिएको थियो भने उनले यस अघि नै अन्य दुई वटा गीत सार्वजनिक गरि सकेका छन् ।

भर्खरै बजारमा आएको गीत काली कालीमा शितल कादम्बिनीको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ । त्यस्तै भिडियोमा नृपतेन्द्र ध्वज राणाको निर्देशन, सागर गौतमको छायाँकन एवम तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । मोडल राजु श्रेष्ठलाई अभिनयमा अनुस्का शर्माले साथ दिएकी छिन् । निर्देशक नृपतेन्द्र ध्वज राणाको हालसम्म आफूले निर्देशन गरेका अन्य गीतहरु भन्दा पनि यस गीतले अझ आफ्नो क्षमताको प्रस्फूटन गराउनमा सहयोग गर्ने बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.