नारीलाइ साडी पुरुषलाइ गाडीले कहिल्यै पुग्दैन मन्दिरा ट्रेलर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र मन्दिराको ट्रेलर सार्बजनिक गरिएको छ । असार २ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा दिपेश सापकोटाको लेखन तथा निर्देशन रहेको छ चलचित्र सस्पेन्स ड्रामा रहेको छ । चलचित्र कुनै पनि लोकेसनमा नभइ एकै घरबाट सुरु भइ एकै घरको कोठामा सकाइएको हो । चलचित्रमा नरेन खड्का, जेबी डिसी, प्रभान भुसाल, लक्ष्मी बस्नेत, बिनि पोखरेली, विनिता ओलीको अभिनय रहेको छ । चलचित्रलाई करुणा अर्याल र उज्वल अर्यालले निर्माण गरेका हुन । चलचित्रको लागि संगीत देव कोइमी राई र शब्द दयाराम पाण्डेले दिएका छन् । हरि भट्ट प्रस्तुतकर्ता रहेको चलचित्र मन्दिराले दर्शक लाइ छुट्टै स्वाद दिने निर्माण युनिटको आशा रहेको छ ।