नायिका बिपना नेपाल फर्किंन चुनाब प्रचारमा सक्रिय


सेलिब्रेटी नेपाल काठमाडौँ

अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो । तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ । विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन् । उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जनआन्दोदनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ।’

उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठमाडौंका सांसद भएका थिए । बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपन्च भए । यस पटक ३६ बर्षीया बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् । विपनाले बहिनीको लागि भोट माग्ने बताइन् ।
कान्तिपुर दैनिक बाट साभार