डाक्टर…खाते साउन ६ मा आउने भो


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘डाक्टर…खाते’ अब दर्शकमाझ आउने भएको छ । आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र विभिन्न बाह्य मुलुकपछि नेपालमा प्रदर्शन हुन लागेको हो । यो चलचित्र ६ साउनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यसलाई काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण गर्ने डाक्टर…खातेकी निर्माता रोशनी केसीले बताईन् ।

यसैगरी यो चलचित्रमा शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय रहेको छ ।
सडकका बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु डक्टर लगायत विभिन्न सफल पेशामा आउन सक्छन भन्ने सन्देश यो चलचित्रले दिनेछ । जगदिश्वर थापाले लेखेको चलचित्रलाई रबीराज अर्यालले निर्देशन गरेका हुन् । जसमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्भेको सम्पादन र डब्बु क्षत्रीको ‘कास्टिङ’ रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.