मदन बहादुरले सार्बजनिक गरे हरिबहादुर


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कला क्षेत्रमा एउटा धरोहरकै रुपमा रहेका र धेरै दर्शक श्रोताको मन जित्न सफल जोडी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले एउटा मात्र क्षेत्र्मा होइन बिबिध क्षेत्रमा कार्य गरेका छन् यसै क्रममा चिना हराएको मान्छे प्रकाशन गरेर लेखनमा पनि अब्बल मानिएका चर्चित हास्यकलाकार हरिवंश आचार्यले अर्को पुस्तक हरीबहादुर सार्बजनिक गरेका छन् ।

हरीवंशकोे यो पुस्तकको विमोचन नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा शनिवार अर्का चर्चित हाँस्यकलाकार हरीबहादुरको जोडी मदनबहादुर अर्थात मदनकृष्ण श्रेष्ठले गरे । चिना हराएको मान्छे’ आत्मबृतान्तबाट लेखन यात्रामा छिरेका हरिवंश आचार्य हरिबहादुरबाट उपन्यास लेखनको यात्रामा पनि लागेका छन् । फाइन प्रिन्टले बजारमा ल्याएको यो पुस्तकको मुल्य ३ सय ९८ रुपैँया रहेको छ । हास्य र व्यङ्य समेत राखिएको यो पुस्तकले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने मनोरञ्जन दिने दावी गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.