अर्पण र ऋचाको आधा लभ यस्तो देखियो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
अर्पण थापा र ऋचा शर्माको सहकार्यमा निर्माण भएको चलचित्र आधा लभको ट्रेलर सार्वजनिक भएको छ। जसमा अर्पणको निर्देशन र अभिनय अनि ऋचाको लगानी अनि अभिनय पनि रहेको छ। चलचित्र जेठ २६ गतेबाट अल नेपाल रिलिज हुँदै छ ।

दुई मिनेट लामो ट्रेलरमा मायाप्रेमका विविध आयामलाई देखाउन खोजेको देखिन्छ। तर पृष्ठभूमिमा कमेडीशैलीको शिर्ष गीत सुनिने ट्रेलरमा मिथिला शर्मा र टिका पहारीको मात्र संवाद सुनिन्छ। भलै ट्रेलरमा मिथिला शर्मा, टिका पहाडी, अर्पण थापा, ऋचा शर्मा सँगै रेमनदास श्रेष्ठ, रोजिशा शाही र विपिन मिक्की लाई पनि देखाइएको छ।

ट्रेलरमा एउटै घर, अझ फ्ल्याटमा केन्द्रित छ। बुझिए अनुसार चलचित्रको कथावस्तु पनि यही लोकेसनमा सिमित छ। अर्पण स्वयमले लेखेको कथामा फरक उमेर समूहको प्रेम कथालाई एउटै मालामा उन्ने प्रयास गरिएको छ। ऋचाको लुक्स सामान्य छ भने अर्पणको कपाल लामो। ट्रेलरबाट चलचित्रमा शालिन प्रेमकथालाई महत्व दिइएको छनक पाइन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.