उपन्यास हरिबहादुर लियर आउने भए हरिबंश आचार्यले


सेलिब्रेटी नेपाल काठमाडौँ
‘चिना हराएको मान्छे’ पुस्तक लेखेर चर्चामा आएका कलाकार हरिवंश आचार्यको परिचयमा अब उपन्यासकार पनि थपिने भएको छ । हरिवंशले लेखेको पहिलो उपन्यास ‘हरिबहादुर’ आगामी शनिबार विमोचन हुँदैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार दिउँसो कलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास ‘हरिबहादुर’ को विमोचन गर्ने कार्यक्रम रहेको छ । कलाकारितासँगै पछिल्लो समय आचार्य साहित्यिक लेखनमा क्रियाशील छन् । श्रीमती मिरा आचार्यको मृत्युपछि दुई वर्षअघि हरिवंशले ‘चिना हराएको मान्छे’ संस्मरणात्मक कृृति प्रकाशन गरेका थिए । जुन कृतिले उनले निकै चर्चा कमाएका थिए ।

धेरै जनाले उपन्यास लेख्न घचघच्याएपछि आफू उपन्यास लेख्न तम्सिएको हरिवंशले बताएका छन् । ‘यसअघि आत्मकथाको पुस्तक लेख्दा आफ्नै जिन्दगीको भोगाइ उतार्न त्यति सोच्नु नपरे पनि उपन्यास लेख्छु भनेर लागेपछि मैले धेरै सोच्नुपर्‍यो’, उपन्यास लेखन प्रक्रियाबारे उनले भने, ‘अन्ततः मैले मदनबहादुर हरिबहादुर टेलिशृङ्खलाको पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर उपन्यास लेख्ने निर्णय गरेँ ’हरिबंश भन्छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.