हिटलरको प्रेम रोमान्स र बिछोड यस्तो देखियो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अष्टनारायण पिक्चर्स र न्यू क्रियटिभ मूभीको प्रस्तुतीमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इन्कर्पोरेटको सहकार्यमा निर्माण भएको चलचित्र हिटलरको ट्रेलर सार्बजनिक गरिएको छ जेठ १२ गतेबाट प्रर्दशनमा आउने चलचित्र हिटलर मा सोहित मानन्धर र सामिया बर्तौलाको मुख्य अभिनय रहेको छ ।

सोहित र सामियाको प्रेम, रोमान्स र विछोडलाई ट्रेलरमा देखाइएको छ । मेनुका प्रधानको सस्पेन्स भूमिका र ए गुरुङको कमेडी संवाद समेत ट्रेलरमा समावेश गरिएको छ । चिनिमाया मानन्धरको निर्माणमा तयार भएको चलचित्रमा लोचन घिमिरेको संगीत, कृष्ण के अच्छामीको कोरियोग्राफी, अरुनराज पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ भने सौरभ ढकालले चलचित्र निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.