२८ अप्रिल अर्थात् (हिजो) शुक्रवार रिलिज भएको बाहुबली-२ ले प्रदर्शन पहिलो दिनमै नयाँ रेकर्ड राखेको छ । संसारभर ९००० हजार स्क्रिनमा प्रदर्शन भएको यस फिल्मले पहिलो दिनमै १२० करोडको आम्दानी गरेको छ ।
भारतीय फिल्मको इतिहासमा पहिलो दिननै यति धेरै आम्दानी गर्ने पहिलो फिल्म बनेको छ । १० दिन सम्मको टिकट एडभान्स बुकिङ भइसकेको बाहुबली-२ ले ८०० देखि १००० करोड कमाउने अनुमान गरिएको छ । ७ भाषामा रिलिज भएको यस फिल्मलाई एस एस राजामौलीले निर्देशक गरेका हुन् भने फिल्ममा प्रभास, राणा दग्गुबत्ति, अनुष्का शेट्टी, तमन्ना भाटिया लगायतका कलाकारको अभिनय रहेको छ ।