धुर्मुस सुन्तली फिल्म बनाउने चक्करमा


सेलिब्रेटी नेपाल काठमाडौँ
हालै महोत्तरीमा मुसरह बस्ती निर्माण कार्य सम्पन्न गरेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले फिल्म निर्माण गर्ने भएका छन्। भुइँचालोपछि काभ्रेको पहरीगाउँ र सिन्धुपाल्चोकको गिरानचौरमा बस्ती र मुसरह बस्ती निर्माणमा सक्रिय भएपछि ‘मेरी बास्सै’ टेलिसिरियलमा नदेखिएका हाँस्यकलाकार सिताराम कट्टेल फिल्म निर्माणको तयारीमा जुटेका छन्।

‘बस्ती निर्माणमा सक्रिय भइरहँदा अभिनय क्षेत्रबाट टाढिएको अनुभव भइरहेको छ। झण्डै पाँच सय भाग पुग्न लागेको ‘मेरी बास्सै’ टेलिसिरियललाई नयाँ शैलीमा प्रस्तुत गर्ने कार्य भइरहेको छ। त्यस्तै फिल्म निर्माणमा पनि जुट्ने योजना बनाइसकेका छौं,’हाँस्यकलाकार सिताराम कट्टेलले भने,‘तत्काल फिल्मको कथावस्तु अनुसार स्क्रिप्ट खोजी रहेका छौं।’ धुर्मुस सुन्तली फाउन्डेसनमार्फत विभिन्न क्षेत्रमा बस्ती निर्माणमा सक्रिय भएका उनले अभिनय यात्रा र बस्ती निर्माण कार्यलाई एकसाथ लाने बताए। ‘अभिनय र बस्ती निर्माणको कार्य एकसाथ गर्न अप्ठ्यारो भएपनि दुवैलाई निरन्तरता दिनेछु।’
नागरिक बाट जस्ताको त्यस्तै

Copyright © 2012 - 2026 | All Right Reserved.