पल र निलमको क्याट वाक सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
दर्जनौ म्युजिक भिडियो निर्देशन गरेका निर्देशक नितिन चन्दको डेब्यु चलचित्र ‘जोनी जेन्टलमेन’को दोश्रो गीत रिलिज गरिएको छ । चलचित्रको सार्बजनिक ‘क्याट वाक’ बोलको भिडियोमा चलचित्रका नायक पल शाह र दोश्रो नायिका निलम चन्दलाइ फिचर गराईएको छ । गीतमा स्वचित शाक्यको स्वर,शब्द तथा संगीत रहेको छ । केहि हप्ता पहिले पल र आंचललाइ फिचर गरिएको मन मान्दैन बोलको गीत सार्बजनिक गरिएको थियो । योर स्टाइलको प्रस्तुतीमा बनेको चलचित्रमा ए.जी.इन्टरटेनमेन्टको सहकार्य रहेको छ । चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता रहेका छन् । चलचित्र जेठ १९ बाट सार्बजनिक प्रदर्शन आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.