नम्रता र कोशिशको पर्ब ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
काले दाइ बोलको गीत यु ट्युबमा करोड भिउज पुग्ने क्रममा रहेको छ काले दाईले चर्चा पाए संगै चलचित्र पर्बले ट्रेलर सार्बजनिक गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘पर्व’ को अफिसियल ट्रेलर रिलिज गरिएको हो ।

थ्रिलर हरर जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा नायक कोशिश क्षेत्री लेखकको भूमिकामा देखिएका छन् भने नम्रता श्रेष्ठलाई मानसिक रोगीको भूमिकामा देख्न सकिन्छ । चलचित्र मोक्षबाट नेपाली रजतपटमा भित्रिएका नायक कोशिश क्षेत्री र यसअघि नै थुप्रै सफल चलचित्र दिइसकेकी नायिका नम्रता श्रेष्ठले पहिलो पटक ‘पर्व’ मार्फत एकसाथ स्क्रिन शेयर गरेका हुन् । चलचित्रमा कोशिश र नम्रताका अलवा माला लिम्बू, जेबिका कार्की,अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतका कलाकारहरु पनि अभिनय रहेको छ । चलचित्रमा कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द समाबेश गरिएको छ ।

चलचित्रमा सुवास गिरी र निकिता पौडेलको लगानी रहेको छ । कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा विकास सुवेदी एसोसियट निर्देशकको रुपमा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.