बाहुबली २ प्रदर्शनको बाटो खुल्यो कटप्पाले मागे माफी



अभिनेता सत्यराज कटप्पाले नौँ वर्ष पहिले कावेरी नदीमाथि दिएको बयानपछि बाहुबली २ प्रदर्शनको बाटो खुलेको छ। सत्यराजको भड्काउ टिप्पणीलाई लिएर कन्नड समर्थक संगठन कर्नाटकले बाहुबली २ को प्रदर्शनमाथि विरोध गरेका थिए।

सत्यराजले आफै माफी मागेपछि कन्नड समर्थक संगठनले बाहुबली २ का विरुद्ध गरेको प्रदर्शन शनिबार स्थगित गरेका हुन्। उक्त चलचित्रमा कटप्पाको भूमिकामा देखिएका सत्यराजले माफि मागेको एक दिनपछि संगठनले प्रदर्शन स्थगित गरेका हुन्। संगठनले माफी नमाग्दा सम्म चलचित्र प्रदर्शन हुन नदिने चेतावनी दिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.