यस्तो बनेर आयो चलचित्र ‘जालो’ को ट्रेलर र पोस्टर (ट्रेलरसहित)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र ‘जालो’ को ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा रेमन्डदास श्रेष्ठ, मेनुका प्रधान, नीर शाह, निराजन प्रधान र मुना गौचन छन् । विश्व चलचित्र बजारमा नयाँ किर्तीमान बनाउने उद्देश्यले विश्वकै लामो वन–सर्ट मुभीको रुपमा ‘जालो’ निर्माण गरिएको हो ।

अहिलेसम्म विश्वकै लामो वन–सर्ट मुभीको रेकर्ड भारतको नाममा छ । जालो गिनिज बुकमा नाम लेखाउने उद्धेश्यले मात्रै निर्माण नभएको चलचित्र ‘जालो’ का निर्देशक अराजकेशव गिरीले बताए ।

वन–सर्ट मुभी ‘जालो’ एकै सर्टमा खिचिएको चार घण्टा लामो चलचित्र हो । एकै टेकमै खिचेर दुई वटा चलचित्र बनाइएको हो । ‘जालो’ जेठ १९ गते प्रदर्शनमा आउँदा ‘जालो रिटन्र्स’ भने अर्को वर्ष प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.