दयाह्यंग अब मिस्टर झोले बन्दै को हुन् त प्रियंका लाइ रिप्लेस गर्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

२०७० सालमा बनेको चलचित्र झोले ब्यबसायिक रुपमा सफल पनि बनेको थियो यसै चलचित्रका निर्माता टेकेन खड्काले झोले कै नाम लाइ सापटी लियर नयाँ चलचित्र मिस्टर झोले बनाउने भएका छन् । नाम मात्र लियको हो चलचित्रको कथा फरक छ र यसलाई सिक्वेलको रुपमा नलिन निर्माण पक्षले आग्रह गरेको छ । दिपेन्द्र के खनालले निर्देशन गरेको झोलेमा दयाह्यंग राइ र प्रियंका कार्की को जोडी रहेको थियो भने अब मिस्टर झोलेमा दयाह्यंग र वर्षा राउतको जोडी देख्न पाइनेछ । मिस्टर झोले लाइ निर्देशक राम बाबु गुरुङले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा दयाह्यंग राइ,दिया पुन,वर्षा राउत,बुद्धि तामांग,कमलमणि नेपाल ,अरुण कार्की,प्रविन खतिवडा,पुस्कर गुरुङ लगाएतका कलाकारको अभिनय रहनेछ । चलचित्रका निर्माता टेकेन खड्का हुन् भने कार्यकारी निर्माता रौनक बिक्रम कंडेल रहेका छन् ।चलचित्र लाइ शैलेन्द्र डी.कार्कीले खिच्ने छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.