राज कुमारको टोल टोलमा हल्ला (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

एक दशक अघिदेखि नै संगीतको विद्यार्थीका रूपमा सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक तथा कलाकार राजकुमार देवकोटाले नयाँ वर्षको अवसर पारेर सांगीतिक कोसेली दर्शक तथा स्रोतामाझ ल्याएका छन् । करिब ढेड वर्षअघि पहिलो एकल एल्बम ‘अंकुरण’ सार्वजनिक गरेर स्रोतामाझ स्थापित भएका गायक तथा कलाकार राजकुमार देवकोटाले आफ्नो नयाँ गीत ‘टोल टोलमा…’ को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

सार्बजनिक भिडियोलाई निर्देशक शेरबहादुर डीसीले निर्देशन गरेका छन् । आधुनिक शैलीको उक्त गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशन रहेको छ । सुगम संगीतमा आधारित उक्त गीतका शब्दहरू दिनेश सुवेदीले रचना गरेका हुन् । म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, आरुषी मगर, कृष्ण, वसन्त, मनोज, सन्तोष र श्रीमन्ले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.