रातो घरको ढोका जेठ १९ मा खुल्ने


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र रातो घर युनिटले आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ट्रेलर तथा एक गीत सार्बजनिक गरिएको छ । कार्यक्रममा चलचित्रका कलाकार तथा पत्रकार हरुको उलेख्य उपस्थिति रहेको थियो । पटक पटक रिलिजको चर्चापछि धकेलिँदै आएको कमेडियन विल्सन विक्रम राई स्टारर चलचित्र रातो घर जेठ १९ मा रिलिज हुनेछ ।

सुरज सुब्बा नाल्बो निर्देशित चलचित्रले लागु पदार्थ अनि दुर्व्यसनको कथा बोल्छ । विदेशका विभिन्न शहरमा प्रदर्शन भईसकेर चलचित्र आफ्नो लगानी सेभ गरि सकेको छ । चलचित्रमा विल्सनसँगै गौरव पहारी, संयम पुरी, भानु प्रताप,अनुराग कुँवर,जितेन तामाङ, विकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बुलगायतको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.