रेखा र सबिनको हिरो रिटन्र्स टीजर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘हिरो रिटन्र्स’ को ट्रिजर सार्वजनिक भएको छ । ‘हिरो’ चलचित्रबाट रेखा थापा रजतपट प्रवेश गरेकी थिइन् । ‘हिरो रिटन्र्स’ मा आइपुग्दा रेखा म्याचुअर्ड देखिएकी छिन् । सविन श्रेष्ठ निर्माता रहेको ‘हिरो रिटन्र्स’ लाई आशीष भेटवालले निर्देशन गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, रेखा थापा र दिल श्रेष्ठको एक्सन देखाइएको छ । त्यसमा पनि सविन श्रेष्ठ पूर्ण एक्सन स्टारका रूपमा देखिएका छन् ।

दुई–तीन पटक सरोज खनालको गेटअप देखाइएको छ । जसमा उनी भयंकर देखिएका छन् । अहिलेसम्म नायकको छवि बनाउँदै आएका सरोज ‘हिरो रिटन्र्स’ मा खलनायक चरित्रमा अभिनय गरेका छन् । ‘हिरो रिटन्र्स’ को सुटिङकै क्रममा सरोजले चलचित्रमा अहिलेसम्म आफूले निकै फरक भूमिका निभाएको उल्लेख गरेका थिए । ‘हिरो रिटन्र्स’ को संगीतकारमा दीपक शर्मा रहेका छन् भने एक्सन चन्द्र पन्तले गरेका छन् ।