चलचित्र ‘घामपानी’ लाई युनिभर्सल सर्टिफिकेट


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘घामपानी’ सेन्सर बोर्डबाट पास भएको छ । ‘घामपानी’ लाई सेन्सर बोर्डले ‘यु’ (युनिभर्सल सर्टिफिकेट) दिएको छ । ‘यु’ सर्टिफिकेट सबै उमेर समूहका दर्शकले हेर्ने अनुमति सहितको सर्टिफिकेट हो ।

‘घामपानी’ का निर्देशक दीपेन्द्र लामाले सेन्सरबोर्डबाट कुनै पनि दृश्य नकाटिएको जानकारी दिए । कुनै पनि दृश्यमा सेन्सर नहुनु र बोर्डको सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको लामाले बताए ।

पत्रकार तथा चलचित्र समीक्षक लामाको डेब्यू निर्देशन ‘घामपानी’ मा दयाहाङ राई र केकी अधिकारी लिड रोलमा छन् ।
समाजमा रहेको अन्तरजातिय विवाहलाई उठान गरेको चलचित्र वैशाख १ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.