यशराज ब्यानरमा अभिताभ र आमिर पक्का


सेलिब्रेटी नेपाल काठमाडौँ

यशराज ब्यानरको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ चर्चामा छ अहिले । चलचित्रको हिरोइन फाइनल नहुनुले पनि यस चलचित्रप्रति पाठकको उत्सुकता बढेको छ । अहिलेसम्म चलचित्रकी अभिनेत्रीको खुलासा हुन सकेको छैन ।

महिनौंअघि नै आमिर खानले ट्वीट गर्दै यो चलचित्रमा अभिताभ बच्चन र उनी हुने फाइनल गरेका थिए । दर्शक, पाठक भने चलचित्रमा को हिरोइन हुनेछिन् भन्ने उत्सुकताले अनुमान समेत लगाउन थालिसकेका छन् ।

चलचित्रमा कहिले दीपिका पादुकोणको नाम जोडिएको छ, कहिले आलिया भट्ट र श्रद्धा कपुरको । यहाँसम्म ‘दंगल गर्ल’ फातिमा सना शेखको नाम पनि यो चलचित्रमा जोडिसकिएको छ ।

तर यशराज ब्यानरले आफैँ यो घोषणा गरिसकेको छ । चलचित्रका लागि अहिले कोही पनि अभिनेत्री फाइनल भइसकेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.