रितिकाले सिकाइन् ‘केटी पट्याउने‘’ सुत्र


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका रितिका कुँवरले ‘केटी पट्याउने’ बोलको लोकदोहोरी गीत बजारमा ल्याएकी छिन् । रितिकाले अहिलेका चलेका गायक खुमन अधिकारीसँग लोकदोहोरी गीत गाएकी हुन् ।

यसअघि थुप्रै गीतहरूमा स्वर दिएकी रितिकाको ‘केटी पट्याउने’ गीत उत्कृष्ठ रहेको उनले दाबी गरिन् । भनिन्, ‘मेरा अरु गीतहरूभन्दा यो लोकदोहोरी राम्रो छ । मिहिनेत पनि धेरै गरिएको छ ।’

रितिकाले यो गीतमा थुप्रै नौलो प्रयोगहरू गरेको बताएकी छिन् । उनले भनिन्, ‘गीतको म्युजिक भिडियो बनाउने बेला धेरै विषयलाई ध्यान दिएका छौँ । भिडियोमा गीतको भावलाई सुक्ष्म रुपले ध्यान दिइएको छ ।’

गीतमा रमेश बिजीको शब्द र खुमन अधिकारीको लय रहेको छ । म्युजिक नेपालको यूट्युब च्यानबाट रिलिज भएको रितिकाको ‘केटी पट्याउने’ गीतको म्युजिक भिडियो पनि उत्कृष्ठ रहेको उनले बताइन् । म्युजिक भिडियोमा अञ्जली अधिकारी र शंकर बिसीले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.