बलिउड स्टार सलमान, शाहरुख, आमिर र अक्षय: सँगै काम नगर्नुका कारण


सेलिब्रेटी नेपाल काठमाडौँ

सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, अक्षय कुमार यी सबै अभिनेता एकअर्काका साथ चलचित्रमा काम गरिसकेका छन् । हालै केही दिनअघि पनि एउटा प्रोजेक्टका लागि केही सुपरस्टार्स एकैसाथ आउने खबर छ ।

आज यी सुपरस्टार एकअर्काको चलचित्रमा केमियो गर्छन् । गीतमा देखिन्छन् । तर एउटै चलचित्रमा हिरोका रूपमा सँगै देखिँदैनन् । हालै एउटा अन्तर्वार्तामा शाहरुख खानसँग पनि यही प्रश्न गरियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुख खानले सँगै काम गर्नुभन्दा पनि अप्ठ्यारो यसप्रकारको स्क्रिप्ट लेख्न हुने बताए । यदि कुनै यसप्रकारको स्क्रिप्ट भए यी सबै सुपरस्टारसँगै काम गर्न सक्ने शाहरुखले स्पष्ट पारे । यस्तो चलचित्रका लागि एउटा योग्य निर्देशक हुनुपर्छ जसलाई यी सुपरस्टारले दिन सक्ने र उनलाई चाहिएको कुरो स्पष्ट हुनुपर्छ ।

तर यसका लागि सबैभन्दा आवश्यक कुरो स्क्रिप्ट हो । र, अर्को अप्ठ्यारो बजेट पनि हो । शाहरुखले भने, “मलाई लाग्छ यी दुई कुरा समाधान हुने हो भने यस्तो चलचित्र बन्न सक्छ ।” शाहरुखको यो भनाइबाट स्पष्ट हुन्छ, अहिले शाहरुख खान कुनै पनि त्यस्तो प्रोजेक्टमा जोडिएका छैनन् जसमा सलमान, आमिर या अक्षय कुमार छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.