बन्ने भो वीर बिक्रम दुइ


सेलिब्रेटी नेपाल काठमाडौँ
ब्यबसायिक रुपमा सफल चलचित्र “वीर बिक्रम” सिक्वेल निर्माण हुने भएको छ। चलचित्रका निर्देशक मिलन चाम्सले सिक्वेल निर्माण गर्ने जानकारी गराएका हुन्। उनले आफ्नो फेसबुक वालमा ‘वीर विक्रम’लाई सिनेमा भवनसम्म पुगेर तथा यु ट्युवमा हेर्नुहुने सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिदै यस्को सिक्वेल निर्माण गर्ने पक्का भएको जानकारी दिएका हुन्। उनले फेसबुकमा कथा (स्क्रिप्ट) राइटर यम थापा सँग सम्झौता रकम चेक हस्तान्तरण गरेको तस्विर समेत पोस्ट गरेका छन्।

यस चलचित्रमा मुख्य नायिकामा प्रियंका कार्की पक्का भईसकेकी छिन् भने अन्य मुख्य कलाकारहरु पुरानै दोहरिने सम्भावना रहेको छ। मुख्य अभिनेता को रहने भन्ने तय भएको छैन। दयाहाङ राई नै मुख्य भूमिकामा दोहोरिने सम्भावना रहेको छ। तर अन्य कलाकार को को रहने फाइनल भईसकेको छैन। आघिल्लो भागमा दिया पुन दयाहांग राई, अर्पण थापा र अनुप विक्रम शाही मुख्य भूमिकामा थिए। यो सिक्वेल आगामी मङ्सिर महिनाबाट फ्लोरमा जाने तयारीमा रहेको छ। चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र “वीर बिक्रम” भदौ महिनामा रिलिज भएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.