भिडियो निर्देशनमा जम्दै रायन कार्की (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछील्लो समय म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त बन्दै गरेका गायक एवं निर्देशक रायन कार्किले निर्देशन गरेको गायक प्रमोद सुनुवारको कसरी बोलु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक प्रमोद सुनुवारको रचना एबम संगीत रहेको गीतलाई श्रीजन नेपालले एरेन्ज गरेका हुन।

निर्देशक रायनले उक्त भिडियोलाई युवा पुस्ता लक्षित कोरियन फ्लेवरमा निर्माण गरेका हुन। भिडियोमा मोडलद्वय उरिशा र सुदिप मगरको अभिनयलाई हेर्न सकिन्छ।

भिडियोमा सुमित नेपालीको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.