‘रोबोट’ सिक्वेल ‘२.०’ मा अक्षय कुमारको १२ रोल, यसरी घुमाउने छ तपाईको दिमाग !


सेलिब्रेटी नेपाल काठमाडौँ

रजनीकान्तको आगामि चलचित्रमा उनी ५ वटा भूमिकामा देखिँदैछन् । तर योभन्दा पनि आश्चर्य अक्षय कुमार १२ वटा भूमिकामा छन् ।

खबरका अनुसार रजनीकान्त अभिनित चलचित्र ‘२.०’ उनी ५ वटा भूमिका निर्वाह गर्दैछन् । अक्षय कुमारले भने १२ वटा ‘रोल–प्ले’ गर्दैछन् । रजनीकान्त यस चलचित्रमा वैज्ञानिक, रोबोट र खलनायकको भूमिकामा देखिनेछन् ।

चलचित्र स्रोतलाई उद्धृत गर्दै भाष्कर अनलाइनले जनाएअनुसार अक्षय १२ भूमिका मध्ये एउटामा खलनायकको भूमिका निर्वाह गर्नेछन् । उनको बाँकी ११ रोल अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

साइन्स फिक्सनमा आधारित यो चलचित्र ४५० करोडको लागतमा बनिरहेको छ । चलचित्र तमिल, हिन्दी र तेलुगु भाषामा आउँदैछ । यो वर्ष १८ अक्टुबर रिलिज हुने यो चलचित्र एस शंकर को निर्देशनमा बनिरहेको छ । चलचित्रमा एमी ज्याक्सन पनि देखिनेछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.