फ्राइडे रिलिज: निखिल भर्सेज दयाहाङ


सेलिब्रेटी नेपाल काठमाडौँ

यो साता फ्राइडे रिलिज अन्तर्गत दुई चलचित्र छन्। चलचित्र लप्पन छप्पन र निर्भय आजबाट देशभर प्रदर्शनमा आएका हुन् । मुकुन्द भट्ट निर्देशित सस्पेन्स ड्रामा हो लप्पन छप्पन। चलचित्रले ग्याङ्स्टरको कथा बोल्छ। जहाँ पात्रहरु धैरै पैसा कमाउने होडमा हुन्छन्। ७५ प्रतिशत छायांकन युरोपमा गरिएको चलचित्रले विदेशी जीवनशैलीमा ढलेका नेपाली युवाहरुलाई प्रस्तुत गरेको छ।

यो एक्शन, सस्पेन्स चलचित्रमा वर्षा शिवाकोटी, दयहाङ राई, सौगात मल्ल, अर्पण थापा, देवु श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ। यता, निखिल उप्रेती स्टार फिल्म निर्भय पनि एक्शन जानराको चलचित्र हो। देशभक्ती कथा बोल्ने चलचित्रमा निता ढुङ्गाना निखिलको अपोजिटमा छिन्।

देवी प्रसाद पाण्डेको निर्माणमा बनेको चलचित्रमा प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेलको पनि अभिनय रहेको छ। मधुसुदन भट्टराई निर्देशित चलचित्रले सिंगल थिएटरमा मात्र शो पाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.