फ्लोरमा जानु पुर्व नै चलचित्र ‘फाटेको जुत्ता’ को रिलिज घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ
saugat-priyanka-and-arjoon (1)
नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ गते रिलिज हुने भएको छ । भदौ २३ गते लगाउने तयारी गरिए पनि भदौमा धेरै चलचित्र भएकाले कात्तिक १७ गतेका लागि ‘रिलिज डेट’ सारिएको निर्माता अर्जुन कुमारले जानकारी दिए ।

‘चपली हाइट’ का निर्माता अर्जुनकुमारको नयाँ चलचित्र ‘फाटेको जुत्ता’ जेठ ७ गतेबाट फ्लोरमा जाने भएको छ । यसअघि वैशाख १५ गतेबाट छायांकन सुरु गर्ने भनिए पनि निर्वाचनका कारण सुटिङ डेट परिवर्तन गरिएको अर्जुन कुमारले बताए ।

चलचित्रमा मुख्य कलाकार सौगात मल्ल र प्रियंका कार्की हुनेछन् । कामेश्वर चौरासिया, रविन्द्र झा, बुद्धि तामाङ, आमिर गौतम, सन्दिप क्षेत्रीलगायतका कलाकारले अभिनय गर्नेछन् ।

निरज महर्जनको कथा रहेको चलचित्र ‘फाटेको जुत्ता’ लाई निकेश खड्काले निर्देशन गर्नेछन् । चलचित्र निर्माणका लागि अनुमानित बजेट डेढ करोड रहेको अजुर्नकुमारले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.