सेलिब्रेटी नेपाल काठमाडौँ
कुनै समय बलिउडका हिरो नं. १ रहेका गोविन्दा अब ‘हिरो’ रहेनन् । हालै रिलिज भएको गोविन्दाको पछिल्लो चलचित्र ‘आ गया हिरो’ ले बक्स अफिसमा नराम्रो हालत बेहोर्नुपर्यो ।
फिल्मीबिटका अनुसार चलचित्रले पहिलो दिन २५ लाखमात्र संकलन गरेको थियो । यो तथ्यांक हेरपछि चलचित्रलाई फ्लप मानियो । चलचित्रको शो घटाइयो । धेरै समयपछि गोविन्दाले चलचित्रका लागि डिस्ट्रिब्युटर्स भेटेका थिए । चलचित्रको प्रदर्शन मिति धेरै अघिदेखि सर्दै आइरहेको थियो ।
अहिले रिलिज त भयो तर बक्स अफिसमा नराम्रोसँग गिर्यो । झण्डै २२ करोडको बजेटमा तयार भएको गोविन्दाको यो चलचित्रले दुई दिनमा ५० लाख कलेक्सन गरेको छ । यसपछि चलचित्रले गरेको कमाइको तथ्यांक आएको छैन । तर यो चलचित्रलाई सन् २०१७ को सबैभन्दा ठूलो फ्लप चलचित्र भन्नेहरूमा दुई मत छैन ।