‘हिटलर प्रेम र कमेडीको मिश्रण हो’: निर्देशक ढकाल


सेलिब्रेटी नेपाल काठमाडौँ
nepali movie hitlar
चलचित्र “हिटलर” आउँदो जेठ १२ गतेबाट प्रर्दशन हुने भएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रर्दशन मिति सार्वजनिक गरिएको हो । लभ स्टोरी तथा कमेडी जनराको चलचित्रमा नव–नायिका सामिया बर्तौलालाई राणा खानदानकी छोरीको रुपमा देखिने छ ।

अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ । चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै निर्देशक सौरभ ढकालले हिटलर प्रेम र कमेडीको मिश्रण भएको बताए । हिटलरमा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.