नारायणको ”लचक लचक कम्मर” सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
Narayan rai
गायक नारायण राइको नयाँ गीत ”लचक लचक कम्मर भिडियो सहित सार्बजनिक भएको छ । नेपाली सांगीतक अाकाशमा एउटा डान्स गीतका रूपमा राइकाे याे गीत पनि थपिएकाे छ । नाच्ने तिर्खा मेटाउन नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाई सकेका गायक राइको याे नयाँ गीत ”लचक लचक कम्मर ”भिडियो सहित सार्बजनिक भएको हाे ।

स्रोता दर्शकको माग अनुसारको गीत सार्वजनिक गरेकोले गीतबाट निक्कै आशावादी रहेको गायक राई बताउछन् । यो भन्दा अघि उनले नाकैमा झम्के फुली गीत पनि सार्बजनिक गरेका थिए ।

यस गीतमा शब्द, संगीत र स्वर तीनै बिधामा राइले नै अाफ्नाे क्षमता देखाएका छन् । यसकाे म्युजिक भिडियाेमा चन्द्र दाहाल, रवीन र जीनाले माेडलिङ गरेका छन् । म्युजिक भिडियाेकाे निर्देशन भने रवीन शंकरले गरेका छन् । सङ्गस् नेपालले युट्बबाट यस गीतकाे भिडियाे सार्वजनिक गरेकाे छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.