चाँदनीले गरिन् सुटुक्क इनगेजमेन्ट, को हुन् उनको राजकुमार ?


सेलिब्रेटी नेपाल काठमाडौँ
chadani sarma
तीन वर्षअघि फिल्म ‘स्टुपिड मन’बाट अभिनय थालेकी थिइन, चाँदनी शर्माले । जापानमा पढिरहेकी उनी फिल्म रिलिज नहुँदै जापान हानिइन् । केही महिनाअघि मात्र नेपाल फर्केकी उनले इन्गेजमेन्ट गरेको खबर छ । समाचारअनुसार चाँदनीले रेस्टुरेन्ट व्यवसायी अजय पोखरेलसँग टीकाटालो गरिसकेकी छन् ।

बेलाबखतमा दुवैले सामाजिक सञ्जालमा सँगसँगै भएको फोटो राखेर आफ्नो सम्बन्धका बारेमा भनक नदिएका होइनन् तर सम्बन्धले नयाँ नाम पाइसकेको खबर उनीहरूले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन् ।

हालसालै ‘लम्फू’ फिल्मको प्रेस–मिटमा भेटिएकी चाँदनीलाई पत्रकारले सोही सम्बन्धमा राखेको जिज्ञासामा उनले इन्गेजमेन्टको खबर सरासर झुटो रहेको दाबी गरेर पत्रकारलाई जिल्ल पारिदिइन् । जबकि दुवैको विवाह हुने मितिको बारेमा छलफल चलिरहेको चर्चा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.