चलचित्र पत्रकार संघको अध्यक्षमा सन्दिप सापकोटा निर्बाचित (नामावली सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
Chalchitra-Patrakas-Sangh-
चलचित्र पत्रकार संघको बुधवार सम्पन्न सातौ महाधिवेशनबाट सन्दिप सापकोटा अध्यक्षमा निर्बाचित भएका छन् । सापकोटाले प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मत अन्तरले हराएर आफु अध्यक्षमा विजय भएका हुन् ।

कुल ११७ मत खसेको निर्वाचनमा सापकोटालाई ६८ र सुवेदीलाई ४७ मत प्राप्त भएको थियो । निक्कै प्रतिस्पर्धा रहेको महासचिव पदमा अनिल यादवले विजय सुवेदी ‘आवाज’लाई २ मतको झिनो अन्तरले पराजित गरे | यादवको पक्षमा ५८ र सुवेदीको पक्षमा ५६ मत खसेको थियो ।

उपाध्यक्ष पदमा श्याम अर्यालले अशेष अधिकारीलाई २७ मत अन्तरले पराजित गरे । अर्यालको पक्षमा ७० र अधिकारीको पक्षमा ४३ मत खसेको थियो । महिला उपाध्यक्षको पदमा गीता अधिकारीले शारदा थापालाई ५० मतको भारि अन्तरले हराइन । गीता अधिकारिको पक्षमा ८२ मत खस्दा शारदा थापाले ३२ मतमा चित्त बुझाउनु पर्यो ।

सचिवको खुला तर्फमा बैकुण्ठ पराजुलीले कुवेर गिरिलाई २८ मतले पराजित गरे । पराजुलीको पक्षमा ६७ र कुवेर गिरिको पक्षमा ३९ मत खसेको थियो ।

त्यस्तै खुला केन्द्रिय सदस्यको लागि भएको निर्वाचनमा बर्षा बस्नेत ८८, उत्सव रसाईली ८४, बाबु सुरेश दुलाल ६१, कृष्ण भट्टराई ५८, विकाश लामिछाने ५२ र मनिष कार्की ५२ मत ल्याएर विजयी भए । केन्द्रिय सदस्यको समावेशी तर्फ विशाल राई र महिला तर्फ दिपज्योति थापा निर्विरोध निर्वाचित भए ।

उपाध्यक्ष संगठन तर्फ दिनेश सिटौला, सचिव समावेशीमा समिर बलामी, कोषाध्यक्षमा कुवेर डंगोल र सहकोषाध्यक्षमा जीवन पराजुली निर्विरोध भए ।

केन्द्रिय सभासद:

केन्द्रिय सभासदका लागि खुला तर्फको ९ जनाको कोटामा १२ जनाले उम्मेदवारि दिएका थिए । जसमा डब्बु छेत्री सर्वाधिक ९१, राजन घिमिरे ८५, शान्तीप्रिय ७९, सुब्रतराज आचार्य ६८, विदुर गिरि ६८, धनबहादुर खड्का ६६, अशोकप्यासी राई ६३, विष्णुप्रसाद सुवेदी ६१ र निमिश गौतम ५७ मत ल्याएर विजयी भए ।
महिला तर्फ स्वस्तिका पन्थी चिलवाल, जयन सुब्बा मानन्धर र रश्मि थापा (लक्ष्मी) निर्बिरोध निर्वाचित भए ।

प्रदेश सभासद पदका लागि: १६ जना निविरोध
राजेश खनाल, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आर डी सृंखला, अमृत पुडासैनी, मंजु गैरे, योजना पुरी (याम कुमारी पुरी), सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरन्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल, अनिल थापा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.