‘गर्लफ्रेन्ड’ बनाउन चाहानेहरुलाई दिने छ, ‘हाफ गर्लफ्रेन्ड’ले नयाँ सुत्र: लिने है न त ?


सेलिब्रेटी नेपाल काठमाडौँ
Chetan_bhagat_half_girl_friend
यो वर्षको रोमान्टिक चलचित्रको फेहरिस्तमा ‘हाफ गर्लफ्रेन्ड’को नाम सबैभन्दा अगाडि छ । हालै यो चलचित्रको लार्ज स्केलमा गरिएको क्लाइमेक्सको सुटिङ चर्चाको विषय बन्यो । रिलिजको झन्डै १० हप्ता अघि यो चलचित्रले एउटा नयाँ कीर्तिमान कायम गरेको छ ।

यसको जानकारी चेतन भगत आफैँले दिएका छन् । यो चलचित्र चेतन भगतको उपन्यास ‘हाफ गर्लफ्रेन्ड’मा आधारित छ ।

चेतनले चलचित्रको यो नयाँ रेकर्डमाथि खुसी व्यक्त गरेका छन् । उनले भने, “हाफ गर्लफ्रेन्ड भारतको यस्तो चलचित्र हो जसले न्युयोर्कको युएम हेडक्वार्टरभित्र सुटिङ गर्ने अनुमति पायो ।” चेतनले यो जानकारी ट्विटरमार्फत दिए ।

साथै उनले चलचित्रमा शिक्षामा आधारित भएर देखाइएको एउटा प्रमुख कारणले यो सम्भव भएको बताए । स्मरणीय कुरो, हेडक्वार्टर भित्र सुटिङ गर्नका लागि चलचित्रको पूरै टिमलाई सोधीखोजी र अनुसन्धान गरिएपछि मात्रै भित्र पस्न अनुमती दिइएको थियो ।