लुट–२ को आक्रमक व्यापार आज दोस्रो दिन पनि जारी


सेलिब्रेटी नेपाल काठमाडौँ
loot-2_3Wy13RPo93
हिजो शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘लुट–२’ हेर्न आज दोस्रो दिन पनि राजधानी लगायत देशैभरीका चलचित्र भवनहरुमा दर्शकको भीड अत्याधिक बढेको छ । राजधानीका मल्टिप्लेक्स चलचित्र भवनका केही दिनको टिकट अग्रिम बुकिङ गरिएको यो चलचित्र फ्राइडे रिलिज अन्तर्गत हिजो देखि देशभर एकल प्रदर्शनमा आएको हो ।

निर्माण समय देखि नै चर्चामा रहेको ‘लुट –२’ हेर्न हिजो शुक्रबारको बिहानी सो देखि नै यो क्रम चलेको हल सञ्चालकहरुले बताएका छन् । यसअघि नै चलचित्रले ब्यवसाहिक रेकर्ड कायम गर्ने निर्माता माधव वाग्लेले अनुमान लगाईसकेका छन् ।

चार वर्षअघि लुटले सर्वा्धिक व्यापार गरेर त्यसअघिका सबै चलचित्रको ब्यवसाहिक रेकर्ड तोडेको थियो । तर, यसपटक चलचित्र छक्कापन्जाले त्यतिबेला लुटको सबै रेकर्ड तोडेर नेपालबाट १६ करोड व्यापार गरेको छ । त्यसभन्दा बढि व्यापार आफ्नो चलचित्रले निर्माता वाग्लेले बताए ।

चलचित्रको कथा लुटकै अन्त्यबाट उठाइएको छ । सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, प्रविन खतिवडा, सृजना सुब्बा, विपीन कार्की, प्रतिकराज न्यौपाने, शुशीलराज पाण्डे, एलिशा राई लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ ।

पुरुषोत्तम प्रधानको छायांकन, कालिप्रसाद बासकोटा, रोशन थापा, हर्कुलेस बस्नेतको संगीत, सुरेन्द्र पौडेलको सम्पादन रहेका चलचित्रलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । चलचित्र निश्चल बस्नेतको निर्देशनमा तयार भएको हो ।