चलचित्र ’लभ लभ लभ’ को ट्रेलर रिलिज


सेलिब्रेटी नेपाल काठमाडौँ
love

चलचित्र ’लभ लभ लभ’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ मा रिलिज हुने छ ।

निर्माण मिति दिन प्रतिदिन नजिकिँदै गर्दा ’लभ लभ लभ’ निर्माण ब्यानर सुरज सिने आर्ट्सले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।

बिहिबार युट्युवमा सार्वजनिक ट्रेलरले केही फरक र सरल किसिमको माया प्रेमको कथा बोल्छ । दिपेन्द्र के खनाल फिल्मका निर्देशक हुन् ।

फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । अमृत पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा शर्मिला पाण्डे फिल्मकी निर्मात्री छिन् ।
फिल्ममा समावेश एक गीत यसअघि सार्वजनिक गरिसकिएको छ ।
हेर्नुहोस ट्रेलर