चलचित्र ‘निर्भय’ को गीत रिलिज


सेलिब्रेटी नेपाल काठमाडौँ
nirbaya
अगामी चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ’निर्भय’को प्रेमभावको गीत रिलिज गरिएको छ । रोजी लाबुङ राईको शब्द समावेश गीतमा स्वर ताराप्रकाश लिम्बु र रजिना रिमालको छ । सुन्दर लोकेशनमा खिचिएको गीतमा संगीत पनि ताराप्रकाशले नै भरेका छन् । रामजी लामिछाने कोरियोग्राफर हुन् ।

रिलिज आउन एक महिना मात्र रहँदा बुधबार चलचित्रमा समावेश ’मेरो हर सासमा’ बोलको गीत निर्माण टिमले बाहिर ल्याएको हो ।

मधुसुदन भट्टराईको निर्देशन रहेको चलचित्रका निर्माता देविप्रसाद पाण्डे हुन् । ’निर्भय’मा निखिल र नीतासँगै विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायत अभिनयमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.