“कस्तो माया लाईयो हजुर” -सत्यता-२ को भिडियो सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Gobinda
पहिलो एल्बम ‘सत्यता’बाटै झण्डै आधा दर्जन अवार्ड हात पारेका चर्चित तथा आधुनिक संंगीतका गहकिला गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ ले पनि सांगीतिक क्षेत्रमा दरो प्रभाव जमाएको थियो । दोस्रो एल्बमका गीतहरु अहिले सम्म पनी देशभरकै एफएम रेडियोहरुमा श्रोतको रोजाइमा परिरहेका छन् ।

दोस्रो एल्बमका गीतहरुबाट पनी धेरै अवार्डहरु पाउनु भएका गीतकार उपाध्यायले आफ्नो एल्बम सत्यता–२ मा अन्जु पन्त र मनोज राजलाई ‘कस्तो माया लाईयो हजुर’को बोलको गीतको भिडियोमार्फत फेरि सांगीतिक मिलन गराउनु भएको छ ।

अन्जुः कस्तो माया लाइयो हजूर
मनोजः आँसु मात्र पाइयो हजूर
चोट मात्रै खाइयो हजूर –

थुप्रै अवार्डमा प्राप्त गर्न सफल रचनाकार गोविन्द प्रसाद उपाध्यायको यो गीतले पनि धेरै अवार्ड प्राप्त गरेको छ । यस गीतको भिडियो हालै सार्वजनिक भएको छ ।

गीतकार गोविन्दप्रसाद उपाध्यायको एल्बम ‘सत्यता २’ मा समेटीएको यो गीतमा धेरैपछि अन्जु र मनोजले एक साथ गाएका हुन् । यसरी अन्जु र मनोजकै कथालाई गीतमा उन्ने र उनीहरुकै स्वरमा गाउन लगाउने अवधारणा भने गीतकार गोविन्दप्रसाद उपाध्यायको हो । ‘संगीतले सबैलाई नजिक गराउँदछ । अन्जु र मनोजबीचको दाम्पत्य सम्बन्ध टुटे पनि संगीतको सम्बन्ध टुटे संगीत संयोजन किरन कँडेलको रहेको छ ।

यो गीतको भिडियोमा सागर र अनु शाहको अभिनय रहेको छ । सिनेमेट्रोग्राफर सुदिप बरालको क्यामरा रहेको भिडियोलाई चर्चीत युवा निर्देशक तथा नायक दिपक खाँडले विल्कुलै नयां ढंगबाट निर्देशन गर्नु भएको छ ।
Kasto maya
युटुबमा वलेन्टाईन्सको दिनमा सार्वजनिक भएपछि यो गीतको भिडियोले पनि सबैको मन छोएको र अत्यधिक मन पराइेको छ ।

म्युजिक नेपालले बजार मा ल्याएको यो सत्यता–२ जम्मा ७ वटा गीत संग्रहित गरिएको छ । एल्वममा अन्जु पन्त, मनोज राज, राज सिग्देल, आस्था राउत लगायतका गायक गायिकाको स्वर समावेश गरिएको छ ।

स्रोतादर्शक हरुको माया, उत्प्रेरणा नै सङीतको ठुलो अवार्डको रुपमा लिने उपाध्याय स्रोता दर्शकहरुले दिने अवार्डको सधै भोको रहेको, र त्यही नै सांगीतिक् अवार्ड हो भन्नुहुन्छ ।

दर्शक स्रोता नै प्रेरणाको स्रोत अनी मार्गदर्शक भएको बताउने गीतकार उपाध्याय दर्शक स्रोतालाई नै आफ्नो भगवान ठान्नुहुन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.