‘राधे’ को टिजर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
Radhe 1
एक्सन स्टार नायक निखिल उप्रेतीको एक्सनले भरिपूर्ण चलचित्र ‘राधे’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् ।

सार्वजनिक टिजरमा नायक निखिल उप्रेती कमाण्डोको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्र नायिकाद्धय प्रियंका कार्की र अशिष्मा नकर्मीलाई पनि टिजरमा देख्न सकिन्छ ।

सुशिल पोख्रेलको निर्माणमा तयार भएको यो चलचित्रलाई पूर्ण व्यवसायिक बनाइएको छ । निखिलको नयाँ शैलीको एक्सन र भूमिका दर्शकले चलचित्रमा हेर्न पाउने उनको भनाई छ । यो चलचित्र वैशाख १ गतेबाट रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.