सेलिब्रेटी नेपाल काठमाडौँ
बायोपिक चलचित्र भन्नाले कुनै इतिहास पुरुष वा कुनै चर्चित व्यक्तिको जीवनीमा आधारित चलचित्र भन्ने बुझिन्छ । यिनै बायोपिक चलचित्रमा हाल आएर बलिउडका कलाकारहरुलाई काम गर्ने निकै जोश र होस् आएको छ ।
हुन न पनि पछिल्लो समयमा बायोपिक चलचित्रमा काम गर्ने कलाकारले राम्रो चर्चा पाइरहेका छन् । नायक रणवीर कपुर अहिले अर्का सफल नायक संजय दत्तको बायोपिकमा काम गर्नका लागि दिनरात मिहिनेत गरिरहेका छन् ।
नायिका श्रद्धा कपुर २ चलचित्र निरन्तर असफल भएपछि निराश छिन् । यसैले पनि उनी अहिले आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘हसिना द क्विन अफ मुम्बइ’को तयारीमा छिन् । यो चलचित्रमा उनी अन्डरवल्र्ड डन दाउद इव्राहिमकी बहिनी हसिना पारकरको भूमिकामा देखिदैछिन् ।
हसिनाको १८ देखि ४० बर्षसम्मको उमेरमा उनी देखिनेछिन् । यसका लागि श्रद्धाले खुबै मिहिनेत गरिरहेको भारतीय मिडियामा उल्लेख छ ।