राजनीति नै रोजिन् कोमल वलीले, रेडियो नेपालबाट दिइन्,राजीनामा


सेलिब्रेटी नेपाल काठमाडौँ
komal-oli
गायन तथा समाचार वाचनमा ख्याति कमाएकी कोमल वलीले रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिने निर्णय गरेकी छन्। गत मंसिर ६ गते राप्रपामा प्रवेश गरेपछि ओलीलाई रेडियो नेपालले स्पष्टिकरण सोधेको थियो। रेडियो नेपालमा अधिकृतस्तर भन्दा माथिका कर्मचारीले राजनीतिक दलमा प्रतक्ष्य संलग्नता जनाउन नपाउने नियम छ।

कोमल राप्रपाको राजनीतिमा सक्रिय भएपछि राजनीति र जागिरमध्ये एक रोज्न उनलाई नैतिक दबाब परेको थियो। त्यसपछि उनले स्पष्टिकरणको साटो राजीनामा पत्र बुझाएकी छन्। रेडियो नेपाललबाट राजीनामा दिनुको कारणबारे उनले थाहा खबरलाई भनिन्, ‘पार्टी राजनीतिमा सक्रिय भएर लाग्न रेडियो नेपालबाट राजीनामा दिएकी हुँ।’ वली राप्रपाको केन्द्रीय सदस्य हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.