सेलिब्रेटी नेपाल काठमाडौँ
कुनै बेला एउटा चलचित्रमा काम गर्न राजेश हमालले ४ लाख लिएभन्दा त्यो ठूलो समाचार बन्थ्यो, जसरी अहिले अनमोल केसीले एक चलचित्रका लागि २० लाख पारिश्रमिक लिने भएभन्दा बनेको छ ।
समयअनुसार पैसाको मूल्य घट्दो छ, महँगी बढ्दो छ । यसैकारण पनि उतिबेला ४ लाख लिने राजेश हमाल र अहिले २०–२५ लाख लिने अनमोलको स्थिति उही हो भन्न सकिन्छ ।
बजारमा हरेक वस्तुको मूल्यवृद्धि भैरहेको सन्दर्भमा चलचित्रमा काम गर्ने कलाकारहरूले पनि आफ्नो मूल्य तोकेर लिन पाउनु उनीहरूको अधिकार हो, यदि ती कलाकारको नाम (अनुहार)का भरमा दर्शक सिनेमाहलमा जान्छन् भने………………..