प्रेम दिवसमा गम्भीरको बिछोडको भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
gambhir-bista
गम्भीर बिस्टले आफ्नै निर्देशनमा आफैंले अभिनय गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ ।भ्यालेन्टाइनडेको दिन पारेर सार्बजनिक गरिएको गीतमा रोदित भण्डारीको स्वर संगीत र शब्द रचना रहेको छ। चलचित्र ड्रिम्समा समाबेश तिमि सामु बोलको गीत बाट रोदितले चर्चा पाउन सफल भएका थिए । यस भिडियोको बारेमा गम्भीर भन्छन ‘मेरो मनको नजिक रहेको गीत “भुल भयो” कुनै दिन भिडियो बनाउछु भनेर १ बर्ष देखि राखी रहेको थिए अहिले भ्यालेन्टाइनडेको दिन पारेर सार्बजनिक गरें गरे सबै जना माया प्रेममा रमाइ रहेको बेला मैले हर्ट ब्रेक स्याड भिडियो सार्बजनिक गरेको छु आशा छ सबैको मन छुने छ गीत र भिडियोले’। गम्भीरलाइ मोडल शिल्पा मास्केले साथ दिएकी छिन्। पवन गौतम र उम्मिद लोहनीले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन् ।